भीम रावलको प्रश्न : पञ्चायतको अप्ठेरा दिनमा जेलमा नगलेकाे धातु अहिले गल्छ?

नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीम रावलले आफू पार्टीबाट पराजित भएपनि नगल्ने बताएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावलले मतदान सकिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् । 

उनले भने, ‘पञ्चायतका अप्ठेरामा दिनमा जेलमा हाल्या बेलामा नगलेको धातु अहिले गल्छ होला? त्यो गल्ने कुरा त गर्दै नगर्नू । जहाँसम्म परिणाम आएपछि के हुन्छ भन्ने कुरा पछि विश्लेषण गरौंला ।’

साथै, उनले मतदान प्रक्रिया सुरु भएपछि भएको धाँदलीप्रति आफ्नो विमति रहेको पनि बताए । 

‘यहाँभित्र केही सदस्यता नामै नभएकाले मत हाल्न लागेको, पर्यवेक्षकले मत हाल्ने, यस्तो देखिनुहुँदैन भनेर भनेको हुँ,’ निर्वाचनको परिणाम स्वीकार गर्नुपर्ने बताउँदै रावलले भने, ‘स्वच्छ निर्वाचन भयो भने त्यसको परिणाम त सबैले हाँसीखुसी स्वीकार गर्नैपर्छ ।’

रावलले अगाडि भने, ‘अधिवेशन पनि दिनभरि नगर्ने रातभरि गर्ने, प्रक्रियागत पद्धतिमा नगएर सूची प्रवेश गर्ने यो कुराहरू जनताको बहुदलीय जनवादसँग सम्बन्धीत छैन भनेर मैले भनिरहेको छु । आउने दिनपार्टी त्यो दिशामा नजाओस् भनेर मैले भनेको हुँ ।’ 

उनले आफूले अध्यक्ष पदमा मात्र उम्मेदवारी दिएको कारणले केन्द्रीय सदस्यमा सपथ नलिने स्पष्ट गराएका छन् । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १३:१२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया