नेकपा एमालेको सात सचिवका लागि भएको निर्वाचनमा केपी शर्मा ओली समूहका नेताहरू निर्वाचित भएका छन् ।
सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । भीमप्रसाद आचार्य र टंकप्रसाद कार्की पराजित भएका छन् ।
सचिवमा उम्मेदवारी दिएका विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायामाझीले १७०० र महासेठले १५१३ मत पाएका छन् ।
सचिवमा पराजित भएका आचार्यले १३०० र कार्कीले ५०० मत पाएका छन् । ओलीको सर्वसम्मतिको सूचीमा नपरेका आचार्य र कार्कीले सचिव पदका लागि उम्मेदवारी दिएका थिए ।
त्यस्तै उपाध्यक्षमा पनि ओली समूहकै नेता विजयी भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा 'बादल', विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ निर्वाचित भए भने ओली खेमबाहिरका घनश्याम भुसाल पराजित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।