अछाम बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, ३६ जना घाइते

अछाममा भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ । 

सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका इन्सपेक्टर राजेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापाको दुर्घटनामा मृत्यु भएको हो । 

मंगलबार दिउँसो धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो । 

बस सडकभन्दा १० मिटर तले खसेको थियो । बसमा ३८ जना सवार रहेको प्रहरीले जनाएको छ । अन्य ३६ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतलामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।






  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १७:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया