नेपाली कांग्रेसका नेता उदय शमशेर राणाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
पार्टी र जनताको पक्षमा काम गर्न र गुटलाई परास्त गर्न उम्मेदवारी दिएको बताए ।
महाधिवेशनको दुई वर्ष अगाडि क्रियाशील सदस्यता टुंगोमा पुर्याउन भूमिका निर्वाह गर्न पनि उम्मेदवारी दिएको सोमबार ललितपुरमा पत्रकार सम्मेलनमा गरी बताए ।
`मागेर नभई जितेर´ केन्द्रीय सदस्य हुन चाहेको उनको भनाइ छ ।
उनी भन्छन्, `म केन्द्रीय सदस्य हारेपछि मलाई सभापतिले मनोनित गर्नु भएन । मैले पनि मनोनित गर्नुपर्यो भनिनँ । र, मागेर होइन जितेरै केन्द्रीय सदस्य पद लिन चाहन्छु ।´
उनकाे उम्मेदवारी पार्टीको संस्थापन पक्षबाट हुने भएको छ । उनी पूर्व अर्थराज्यमन्त्री पनि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।