७ महिनामा १२ हजार प्रहरी सरुवा

काठमाडौं– नेपाल प्रहरीमा ७ महिनामा १२ हजार ६ सय ८७ जनाको सरुवा गरिएको छ । प्रहरी मुख्यालयका अनुसार गत बैशाखदेखि कार्तिक २६ गतेसम्म विभिन्न पदका १२ हजार प्रहरीको सरुवा गरिएको हो ।

प्रहरी नायब महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्म गरेर ७ महिनामा १२ हजार प्रहरीको सरुवा गरिएको हो । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार अहिले नेपाल प्रहरीमा ७५ हजार जना कार्यरत छन् ।

प्रहरीमा सरुवा हुनेमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन् । प्रहरी संगठनले दिएको जानकारी अनुसार एकैदिनमा ५ हजार प्रहरी सरुवा भएका छन् । प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी जवान सरुवा हुने गर्छन् । विगत ७ महिनामा ८ हजार ७ सय ९० जना प्रहरी जवानको सरुवा गरिएको छ ।

प्रहरी संगठनमा हवल्दार, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरिक्षक पदका प्रहरीको अत्याधिक सरुवा हुने गर्छ । ७ महिनाको अवधिमा एसआई, एएसआई र हवल्दार गरि करीब ४ हजार जनाको सरुवा गरिएको छ ।

ठूलो संगठन भएकाले प्रहरीमा हुने सरुवालाई सामान्य रुपमा लिनुपर्ने प्रहरी प्रवक्ता सुवेदी बताउँछन् ।


को कति सरुवा गरिए



प्रहरी नायब महानिरीक्षक १५, बरिष्ठ उपरीक्षक ३८, उपरीक्षक १ सय २७, नायब उपरीक्षक १ सय ९० जना सरुवा भएका छन् ।

प्रहरी निरीक्षक ४ सय ३, प्रहरी नायब निरीक्षक ११ सय १९, प्रहरी सहायक निरीक्षक ११ सय ३२, प्रहरी हवल्दार १६ सय १६,  जवान ८ हजार ७ सय ९० र कार्यालय सहयोगी ३ सय ४ जना सरुवा भएका छन् । 
 



  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार ११:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया