डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौ– चिकित्सा शिक्षाका अभियन्ता तथा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । सोमबार बिहान ४ बजेदेखि छाती दुख्न थालेपछि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथोरासिस एवं ट्रन्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । 

डा. केसीलाई अहिले आइसियूबाट सिसियू वार्डमा सारिएको अस्पताल स्रोतले जनाएको छ । डाक्टर केसीका सहयोगी डा. अभिषेक सिंहका अनुसार डा. केसीको उपचार भइरहेको छ । 

लामो समयसम्म पटक–पटक अनशन बस्दा उनलाई छाती दुख्ने समस्या देखिँदै आएको थियो । मनमोहन कार्डियोरासिस एवं ट्रन्सप्लान्ट सेन्टरका डाक्टर अरmण सायमिको नेतृत्वमा उनको उपचार भइरहेको छ । केहीबेरमा उनको स्वास्थ्यको रिपार्ट आउने डा. सिंहले बताए । 
 





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार ११:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया