नेप्से परिसूचक सामान्य अंकले गिरावट

पछिल्लो तीन दिनदेखि निरन्तर सेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि लगातार ओरालो लागेको हो । 

मंगलबार कारोबारको सुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबारमा आएका २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९० रुपैयाँमा कारोबार भएको छ । 

सोमबार २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा ओरालो लागेको थियो । कारोबार रकम पनि सोमबारको भन्दा घटेको छ । सोमबार ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ६ उप–समूहको सेयर मूल्य बढेको छ भने बाँकी ७ सूचक घटेको छ । आज जलविद्युत् ११.४, विकास बैंक ४०.८८, फाइनान्स ८.८९, निर्जीवन बिमा ९६.६ र अन्य समूहको १४.११ अंकले बढेको छ । त्यस्तै, बैंकिङ समूहको ६.५६, माइक्रोफाइनान्स १०.९५ र जीवन बिमा समूहको उपसूचक ६९.६४ अंकले घटेको छ । 

आज कारोबारमा आएका १०१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । साथै, २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ । 

कारोबारमा सामलिङ पावर कम्पनी र न्याग्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १९:७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया