ओलीलाई शुभकामना दिँदै बाबुरामले भने - जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने सद्बुद्धि प्राप्त होस्

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेको दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीलाई शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत शुभकामना दिँदै विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

'नेकपा (एमाले) महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका खड्गप्रसाद शर्मा ओली र उहाँको टिमलाई हार्दिक बधाई । विगतका गलत विचार र कामबाट पाठ सिकेर बहुदलीय लोकतन्त्रमा जिम्मेवार प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न सद्बुद्धि प्राप्त होस् भन्ने शुभकामना' उनले भनेका छन् ।

 





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार १९:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया