नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक केही बेरमा बस्दैछ । अध्यक्ष ओलीले केही बेरमा बैठक बस्ने भन्दै केन्द्रीय कमिटीका नवनियुक्त सदस्यलाई घर नजान आग्रह गरेका छन् ।
बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले बैठक बस्दै गरेको बताए ।
ओलीले भने-`हामी जनतामा जाने कुराको अभियान चलाउनु पर्छ । केन्द्रीय कमिटीले त्यो मिति तोक्नेछ । आज केही समयपछि नै केन्द्रिय कमिटीको बैठक बस्दैछौ । महाधिवेशन बन्दसत्र सकिएपछि हामी छोटो केन्द्रीय कमिटीको बैठक बस्दैछौँ । ´
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।