सहमति गर्न खोज्दा दास छन्, हुतिहारा छन् भनी भड्काइयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सहमतिको प्रयास गर्दा नेता कार्यकर्तालाई भड्काइएको बताएका छन् ।

चितवनको सौराहामा भएको पार्टीको १०औँ महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहमति हुन लाग्दा 'त्यहाँ दासहरू छन्, हुतिहारा छन्' भनेर भड्काउन खोजिएको बताएका हुन् ।

उनले पार्टीको १०औँ महाधिवेशन सहमतिका आधारमा समापन गर्ने प्रयास गरेका थिए । उनले तयार पारेको सर्वसम्मतको सूचीमा भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि अन्तिम अवस्थामा निर्वाचन भएको थियो । उनलाई अध्यक्षमा भीम रावलले चुनौती दिएका थिए । यद्यपि अध्यक्षमा ओली भारी मतान्तरले विजयी भएका छन् ।

'विरोधीहरुले चाहेका थिए यहाँ धेरै नराम्रो हुन्छ । नराम्रो गर्नलाई भड्काउन धेरै गरेका थिए । अलिकति सहमति हुन लाग्यो भने त्यहाँ दासहरू छन्, हुतिहारा छन् भनेर भड्काउन खोजिएको थियो' उनले भने ।

उनले कहिलेकाँही भनेजस्तो कुरा नहुने र चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने बताए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २०:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया