बझाङमा २८ किलो चरेशसहित एक महिला पक्राउ
फरकधार / १४ मंसिर, २०७८

बझाङमा २८ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ की  ३५ वर्षीया कल्पना रोकायालाई आज २८ किलो चरेशसहित प्रहरीले पक्राउ गरेको हो । मंगलबार बेलुका ६ः३० बजे विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 



जिल्ला प्रहरी कार्यालय बझाङ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आरआइटीको संयुक्त टोलीले रोकायालाई जयपृथ्वी नगरपालिका वडा नं. ३ डुग्रीबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए ।



  • प्रकाशित मिति : मंसिर १४, २०७८ मंगलबार २०:४७:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया