एमालेको उपाध्यक्षमा पराजित घनश्याम भूसालले केन्द्रीय सदस्यको शपथ लिएका छन् । एमालेको विधानमा पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान छ।
उपाध्यक्षमा ७२५ मत ल्याएका भूसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहणसमेत गरे ।
अध्यक्षमा पराजित भीमबहादुर रावल पनि ९०४ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । केन्द्रीय सदस्यमा निर्वाचित भए पनि उनले शपथ लिएनन् ।
सचिवमा पराजित भएका भीम आचार्य १३९३ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भए । त्यस्तै, सचिवमा पराजित टंक कार्की पनि ९०५ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।