विमानस्थलबाट दैनिक २० देखि २२ किलो सुन आयात

अर्थमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २० देखि २२ किलोग्राम सुन आयात भइरहेको बताएका छन्  । 

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटनसभामा बोल्दै अर्थमन्त्री शर्माले यस्ताे बताएका हुन् ।

उनले भने ‘केलाई अवैध भन्ने हो ? यहाँ त वैध रूपमा अवैध आयात भइरहेको छ । मैले केही दिनअघि मत्रालयका अधिकारीलाई अवैध सुन आयातकाे अनुगमन गर्न विमानस्थलमा खटाएको छु । त्यहाँ दैनिक २० देखि २२ किलोग्राम अवैध सुन आयात भइरहेको छ ।’

विदेशबाट दैनिक हजारौं मानिसले वैधानिक रूपमा ल्याइरहेकाे मोबाइल फोन रोक्न भने कठिन हुने उनकाे भनाइ छ ।

‘हामी रेमिट्यान्सले अर्थतन्त्र चलाइरहेका छौं । विदेशमा दुःख गरेर नेपाल फर्किनेहरुलाई एउटा फोनबाट ल्याउन नदिनु पनि अन्याय हुन्छ’, उनले भने, ‘ल्याउन दिएमा यहाँ दर्ता हुँदैन । यो अलिक समस्याकाे रूपमा छ । यद्यपि व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ ।’

अर्थमन्त्री शर्माका अनुसार विभिन्न देशबाट २५ देखि ३० प्रतिशत मोबाइल फोन अवैध रूपमा आयात भई बिक्री बितरण भइरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार ११:२५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया