च्याम्पियन्स लिग : बायर्न र बार्सिलोनबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति नदिइने

युइएफए च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिख र बार्सिलोनाबीच हुने समूह चरणको अन्तिम खेल बन्द रंगशालामा हुने भएको छ ।

यो खेल बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा अर्काे साता हुँदैछ । पछिल्लो समय जर्मनीमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना बनाएको हो ।

कोरोना संक्रमण दर उच्च बनेपछि खाली स्टेडियममा खेलकुद गर्न माग आउन थालेपछि बाभेरियाका गभर्नर मार्कस साडरले अब समर्थकलाई रंगशालामा अनुमति नदिने बताएका छन् ।

बायर्न र बार्सिलोनाबीचको खेल ८ डिसेम्बरमा हँुदैछ । यो खेल बार्सिलोनालाई समूह चरण पार गर्न निर्णायक हुनेछ । बायर्न लगातार पाँचौ जित निकाल्दै समूह ‘इ’ बाट प्रि–क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । बायर्नसँग हार हार भोगेको अवस्था र अर्काे खेलमा बेन्फिका विजयी भए बार्सिलोना समूह चरणबाटै बाहिरिनेछ ।

जित वा बराबरीले भने अर्काे खेलमा बेन्फिका विजयी भएपनि बार्सिलोना ‘हेड टु हेड’ को आधारमा अघि बढ्नेछ । जर्मनीमा अर्काे साता आरबी लाइप्जिग र म्यानचेस्टर सिटीबीचको खेल पनि दर्शकविना नै हुने पक्का भइसकेको छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १२:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया