महाधिवेशन प्रतिनिधिलाई राजेन्द्र लिङदेनले भने- जीवन रोज्ने कि मृत्यु रोज्ने तपाईंको हातमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनले आफूलाई मतदान गर्न आग्रह गरेका छन् । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै लिङदेनले अहिलेकै अवस्थामा राप्रपा अग्रणी पार्टी बन्न नसक्ने दाबी गरे । देशमा हिन्दू राजसंस्था पुनःस्थापना गरिदिनका लागि नयाँ ढंगबाट अघि बढ्नुपर्नेमा जाेड दिए । 

महाधिवेशन प्रतिनिधिलाई जीवन रोज्ने कि मुत्यु रोज्ने तपाईंहरूकै हातमा रहेको उनले प्रष्ट पारे ।

‘म तपाईंहरूलाई आग्रह गर्दछु । जीवन रोज्ने कि मृत्यु रोज्ने, त्यो तपाईंहरूकै हातमा छ’,  उनले भने । 

देशको अग्रणी पार्टी बनाउने कुरा कल्पनामा मात्र सीमित रहँदै आएको भन्दै अब समान विचार भएका पार्टीलाई समेत समेटेर अगाडि बढ्ने बताए । 

दुई अध्यक्षले अग्रगामी निर्णय गरेको भन्दै अगाडि बढ्ने बाटो खोलिदिन कमल थापालाई समेत उनले आग्रह गरे । 

उनले भने, ‘तपाईंहरूको योगदान, भूमिका राप्रपामा अझै पनि चाहिन्छ । तर, कार्यकारिणी भूमिकामा परिवर्तन गर्नुपर्छ । एकचोटि भूमिका फेरेर हेर्नुपर्‍याे ।’  



अध्यक्षका प्रत्यासी लिङदेनले बोल्दा कार्यकर्ताले हुटिङ गरेका थिए । कार्यक्रमस्थलमै उनी आउँदा कार्यकर्ताले हुटिङ गर्नुका साथै नाराबाजी समेत गरेका थिए ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १३:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया