सीपी मैनाली र ओलीमाथि प्रचण्डकाे व्यङ्ग्य

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोटो मन्तव्य दिए । ढिलागरी कार्यक्रममा उपस्थित भएका उनी चाँडै शुभकामना मन्तव्य दिएर अधिवेशनबाट निस्किहाले । 

भाषण गर्ने क्रममा अध्यक्ष प्रचण्डले नेकपा माले महासचिव सिपी मैनाली र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन् । महासचिव मैनालीले राजा महेन्द्रले देशभक्तिको मामलामा पुर्‍याएकाे योगदानको प्रशंसा गरेका थिए ।  

उक्त भनाइप्रति व्यङ्ग्य गर्दै प्रचण्डले भने, ‘राजतन्त्र निरंकुश भएकोले हटाउनुपर्छ भनेर टाउको काट्ने आन्दोलनको सुरुवात सिपी मैनालीजीहरूले नै गरेको हो । अहिले आएर राजा महान् भन्दिनु भो । मलाई लाग्यो सिपीजी राप्रपाको अध्यक्ष बन्न पो खोजेको हो कि ? हो भने शुभकामना छ ।’

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि झटारो हानेका छन् । उनले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् । 

‘तपाईंहरूले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईंहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो । तर, नेकपा पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौं । त्यस्तो झूटो कुराचाहिँ तपाईंहरूले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने  । तपाईंहरूले ठीक गर्नुभयो’, उनले भने ।

 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:१४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया