ट्रम्प अमेरिकाको क्यान्सर हुन्– जिम क्यारी

एजेन्सी– हलिउडका अभिनेता एवं हास्य कलाकार जिम क्यारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनलाई ‘मेलानोमा’ को नाम दिएका छन् । मेलानोमा छालामा हुने एक क्यान्सर हो । 

जिमले ट्रम्पको आलोचना गर्दै उनले अमेरिकाको कार्यप्रणालीको बलात्कार गरेको आरोप लगाएका छन् । 

हलिउड अभिनेता जिमले एक उत्सव समारोहको क्रममा ट्रम्प, अमेरिकी सिनेटमा बहुमत नेता मिच म्याककोनेल र अन्य रिपब्लिकन नेताको आलोचना गर्दै सबैलाई प्रशासनबाट हटाउन आवश्यक रहेको बताएका हुन् । अहिलेको प्रशासन अमेरिकी जनताको हितमा नरहेको उनको भनाई थियो । 

जिमले ट्रम्प अमेरिकाको ‘मेलानोमा’ रहेको र सारा सेन्डर्स सहित उनीसँग जोडिएका सबै व्यक्तिहरु पनि क्यान्सर सरह नै रहेको बताएका थिए । 
जिम भन्छन् ‘अमेरिका अहिले गम्भिर समस्यामा रहेको र जुन समस्याको शक्तिको लोभले भएको हो ।’ 
 





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार १५:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया