कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।

प्रदेशसभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको छ ।

कर्णाली प्रदेशसभामा कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) ३ र राप्रपा नेपाल १ जना सांसद रहेका छन् ।

एमालेको महाधिवेशनका कारण जिल्ला बाहिर रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन ।

राप्रपाको पनि समर्थन

पहिलो पटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ । राप्रपा सांसद शोसिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताइन् ।



‘हामीले पाँच वर्षसम्मका लागि अघिल्लो सरकारलाई समर्थक गर्न पुग्यौँ । तर, सरकारले परिणाम आउन सकेन । अघिल्लो सरकार जस्तो नहोस् । यो सरकारले परिणाममुखी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दैछु’ उनले भने ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १४:४३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया