ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान सबैलाई आग्रह गरेको छ । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वभर फैलिरहेको भन्दै अत्यावश्यक कामबाहेक विदेश यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको तर, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको मन्त्रालयले प्रष्ट पारेको छ ।

ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन आग्रह गरिएको हो ।

यो भेरियन्ट बढी संक्रमण तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पर्ने देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसको संक्रमण रोक्न सबै जना सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्नसमेत सबैमा अनुरोध गरिएको छ । कोभिड–१९ विरुद्धको खोपले कोरोनाबाट बचाउन मदत गर्ने र पायक पर्ने ठाउँमा गएर खोप लगाउनसमेत सबैमा अनुरोध गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १५:४३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया