देश/विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशका लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

बुधवार काठमाडाैंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले देश तथा विदेशका लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

उनले नेपालमा लगानी गर्नेहरूको सम्पत्ति र लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले दिने जिकिर गरे ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धि गर्न सरकार एक्लैले काम गर्न नसक्ने भन्दै निजी क्षेत्र र सरोकारवाला निकायहरू मिलेर काम गर्नुपर्नेमा जाेड दिए ।

उनले नेपालको अर्थतन्त्रको गुणात्मक वृद्धिमा विदेशी विकास साझेदारको पनि त्यत्तिकै आवश्यकता रहेको बताए  ।

‘सरकार तथा निजी क्षेत्रले गरेको कमी कमजोरीलाई उजागर गर्ने गुणात्मक वृद्धि आवश्यक हुन्छ । त्यसमा सरकारको एकल प्रयासले मात्रै सम्भव हुँदैन’, प्रधानमन्त्री देउवाले भने, ‘निजी क्षेत्र र सबै सरोकारवालाहरूको संयुक्त प्रयासबाट मात्रै यो सम्भव छ । यस काममा हामीलाई विदेशी विकास साझेदारको सहयोग उत्तिकै जरुरी छ।’ 



उनले देशमा लगानीकाे वातावरण बनाउन सरकारले कुनै कसुर बाँकी नराख्ने पनि जिकिर गरे ।

उनले भने, ‘मुलुकमा लगानीको वातावरण अझै सहज बनाउन, व्यवसायको लागत घटाउन सरकार कुनै कसर बाँकी राख्दैन । छोटो समयमा मुलुकको मुहार फेर्नेगरी विकास गर्नुपर्छ । सरकार अनावश्यक नियन्त्रणको पक्षमा छैन । बरु आवश्यक नियमन र सहजीकरणको पक्षमा छ । त्यसैले देश तथा विदेशका लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न म आग्रह गर्दछु । नेपालमा तपाईंहरूको लगानी र सम्पत्तिको सुरक्षा हुन्छ । त्यसको ग्यारेन्टी सरकारले दिन्छ भन्ने कुरा पनि म विश्वास दिलाउन चाहन्छु ।’



प्रधानमन्त्री देउवाले छोटो समयमा मुलुकको मुहार फेर्ने गरी विकास गर्नुपर्ने र सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको पनि प्रष्ट पारे ।

उनले सरकार अर्थतन्त्रलाई सुधार्न आवश्यक नियमन र सहजीकरणको पक्षमा रहेको पनि बताए।

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १५:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया