राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ : ईश्वर पोखरेल

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकैस्थानमा ल्याउन सक्ने बताएका छन् ।

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकैस्थानमा ल्याउन सक्ने बताए ।

सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताए ।

विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका उनले देश र जनताको पक्षमा काम गर्नेगरी अघि बढ्ने प्रतिबद्धता जनाए ।

देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उनले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १६:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया