मोबाइलको अवैध आयात रोक्न तत्काल एमडिएमएस लागू हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू हुने बताएका छन् ।

नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अवैध रुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्ने बताए ।

अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात मोबाइल फोन बन्द हुने बताए । उनले अवैध रूपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारका भएको बताए । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने उनको भनाइ छ ।

'विदेशमा दुःख गरेर नेपाल फर्किनेहरूलाई एउटा फोन पनि राज्यले ल्याउन नदिनु उनीहरूमाथि अन्याय हुन्छ । एउटा ल्याउन दिएमा एउटाबाट अर्को एयटा हुदै धेरै हुने समस्या उत्पन्न भएको छ । यसरी अहिले ३० प्रतिशतसम्म मोबाइल फोन अवैध रूपमा आयात हुने गरेको छ । यसलाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ’ उनले भने ।

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रूपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए । उनले नेपालमा  मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य  धेरै सुविधा दिन तयार रहेको बताए । 'नेपाली ब्राण्डको मोबाइल फोन उत्पादन गर्ने व्यवसायी तयार हुनुपर्छ,' उनले भने ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए । उनले व्यवसायी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्रसँग सँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताए ।



नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १६:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया