केरा आयात घटाउन भन्सार दर बढाउने सरकारको तयारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले भारतबाट भइरहेको केराको आयात घटाउन भन्सार दर बढाउने गृहकार्य भएको बताएका छन् । त्यसका लागि अर्थमन्त्री डा. युवराज खतिवडासँग निरन्तर छलफल भइरहेको मन्त्री खनालले बताए । 

१० जिल्लाका केरा उत्पादक संघका अध्यक्षहरूको ज्ञापनपत्र बुझ्दै मन्त्री खनालले अर्थमन्त्रीसँग बीजकीकरणलाई हेरेर भारतबाट आयातित घ्युमा जस्तै केरामा पनि भन्सार दर समायोजन गर्ने गृहकार्य भइरहेको बताए । 

अहिले भारतबाट केरा आयात गर्दा ५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ । केरा व्यवसायीले त्यसलाई बढाएर ३० प्रतिशत पुर्याउनुपर्ने माग गरेका छन् । 

भन्सार समायोजन गर्ने, महँगो भए पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने र लागत मूल्य घटाउनेबारे स्पष्ट नीतिको आवश्यकता रहेको भन्दै खनालले आफूले त्यसका लागि पहल गर्ने बताए । 

व्यवसायीले कैलाली,  कञ्चनपुर, बारालगायत जिल्लामा आवश्यक मापदण्ड पूरा भएकाले केरा जोन तथा सुपरजोन घोषणा गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गर्नुपर्ने, कृषकलाई कृषि व्यवसायको लागि सहुलियत कृषि ऋणको व्यवस्था गर्नुपर्ने, थोपा सिँचाइमा प्रयोग हुने पानीमा घुलनशील मलको व्यवस्था गर्नुपर्नेलगायत ७ बुँदे मागसिहतको ज्ञापनपत्र मन्त्री खनाललाई बुझाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार १९:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया