नेपालमा ओमिक्रोन भेरियन्टबारे के भन्यो स्वास्थ्य मन्त्रालयले ?
फरकधार / १५ मंसिर, २०७८

२ वर्षअघि देखि विश्वलाई त्रसित बनाएको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबारे नेपालमा पनि चासो र चिन्ता बढेको छ । नेपालमा अहिलेसम्म ओमिक्रोन भेरियन्ट भेटिएको छैन तर यसबारे सावधानी अपानउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ ।



विभिन्न २० देशमा देखिइसकिएको र तीव्र गतिमा फैलिएको ओमिक्रोन भेरियन्टबाट सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अत्यावश्यक काम नपरी विदेश नजान अपिल गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा यो भेरियन्ट अहिलेसम्म नदेखिएको बताएका हुन् । उनले सावधानी चाहिँ अपनाउनु पर्ने बताएका छन् ।

दक्षिण अफ्रिका तथा एशियाका केही मुलुकमा तीव्र गतिमा फैलिएको यो भेरियन्ट भारतमा पनि अहिलेसम्म देखिएको छैन ।



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २२:२८:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया