स्पेनिस ला लिगाअन्तर्गत बुधबारकाे खेलमा घरेलु टाेली रियल मड्रिडले कठिन जित निकालेको छ ।
सान्टियागाे बर्नाबेउमा रियलले एथ्लेटिक क्लब बिल्बाओलाई १-० ले हराएको हो ।
खेलको ४०औं मिनेटमा करिम बेन्जिमाले लुका मोड्रिकको पासमा गरेकाे एक मात्र गाेल रियललाई ३ अंक दिलाउन पर्याप्त बन्याे ।
याे जितसँगै १५ खेलमा ३६ अंक जाेडेकाे रियल शीर्ष स्थानमा कायमै रहँदा समान खेलबाट २० अंकका साथ बिल्बाओ आठाैं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।