लिग वान : बराबरीमा राेकियाे पिएसजी

फ्रेन्च लिग वान अन्तर्गत बुधबारकाे खेलमा घरेलु टाेली पेरिस सेन्ट जर्मेन (पिएसजी) र  निस बराबरीमा राेकिएका छन् ।

पार्क डेस प्रिन्सेसमा पिएसजी र निसले गाेलरिहत बराबरी खेलेका हुन् ।
 
दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयाेग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।

खेलकाे १७औं मिनेटमा कास्पर डाेलबर्गकाे हेडरलाई गाेलरक्षक जियानलुइजी डाेनारुम्माले  मुस्किलले बचाउ गर्दै पिएसजीकाे संकट टारे ।

६४औं मिनेटमा लियोनेल मेस्सीको पासमा केलियन एमबाप्पेले सुवर्ण अवसर पाएपनि गाेल गर्न नसक्दा पिएसजी अग्रता लिनबाट चुक्यो ।

७६औं मिनेटमा एन्जल डी मारियाले मौका खेर फाले ।

याे नतिजापछि शीर्ष  स्थानमा कायम रहेकाे पिएसजीले १६ खेलमा ४१ अंक जाेड्दा निस २७ अंकका साथ चाैथाे स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ८:५७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया