३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

कांग्रेस कर्णाली : पौडेल समूहबाट भुपेन्द्रजंग उम्मेदवार, देउवा पक्षबाट को-को छन् आंकाक्षी?

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (पौडेल) समूहबाट भुपेन्द्रजंग शाहीको उम्मेदवारी हुने भएको छ । समूहबाट २ जना आकांक्षी उम्मेदवार भएपनि शाही नै सभापतिमा भिड्ने भएका हुन् । 

पार्टीको भातृसंगठन तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका उनले १४ औं महाधिवेशनअन्तर्गत प्रथम प्रदेश अधिवेशनबाट सभापति निर्वाचित हुन उम्मेदवार बनेका हुन् ।



शाहीले कांग्रेस रूपान्तरणका लागि ३० बुँदे प्रस्तावसमेत पेस गरिसकेका छन् । कांग्रेस प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भोलि मनोनयन र पर्सी मतदानको कार्यतालिका छ । 

संस्थापन पक्षबाट को-को आकांक्षी? 



संस्थापन (देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीनजना आकांक्षी रहेका छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीव विक्रम शाह र कालीकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ । 

शाही र शाह संविधानसभा निर्वाचन २०७० मा निर्वाचित सांसदसमेत हुन् । सहकारी कालीकोट सभापति भइसकेका छन् ।​तीनजनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेका छन् । 

स्रोतका अनुसार छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भइरहेको छ । 



  • प्रकाशित मिति : १६ मंसिर, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया