कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएपछि प्रदेशसभाको नवौं बैठक अन्त्य गरिएको छ ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आह्वान गरिएको हिउँदे अधिवेशन गएराति अन्त्य गरिएको हो । उनले १४ गते संसदमा विश्वासको मत मागेका थिए । मुख्यमन्त्री शाहीले १५ गते विश्वासको मत लिएका थिए ।
हिउँदे अधिवेशनका २ वटा अधिवेशनमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहभागी भएन ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।