कांग्रेसको ध्यान निर्वाचनतर्फ जानुपर्छ : सभापति देउवा

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले अब सबैको ध्यान निर्वाचनतर्फ हुनुपर्ने बताएका छन् । आज भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गर्दै देउवाले केही महिनापछि स्थानीय तहको निर्वाचन हुने बताएका हुन् । 

एक वर्षपछि भने प्रदेश र संघको निर्वाचन हुने बताए । चुनावमा जानुअघि जनताको मन जित्ने गरी नेता कार्यकर्ताहरूले काम गर्ने विश्वास उनको छ । 

‘हाम्रो अन्तरिक चुनावमा जित/हार स्वाभाविक प्रक्रिया हो । चुनाव लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईं हामीले आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको अभ्यासको रूपमा लिएर आगामी दिनमा जनताको मन जित्ने गरी अघि बढ्नुहुन्छ भन्ने विश्वास लिएको छु’, देउवा बताउँछन् । 

मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने उनको भनाइ छ । जुन विगतको विविध घटनाक्रमले पुष्टि गरिसकेका उनले बताए । उनले प्रदेश अधिवेशनमा सहभागीहरूलाई शुभकामना व्यक्त गरे ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १५:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया