कर्णाली प्रदेशमा नेपाली कांग्रेसको पहिलो प्रदेश महाधिवेशन चलिरहेको छ । महाधिवेशनका कार्यक्रमहरु सुर्खेतमा भइरहेका छन् । महाधिवेशनले प्रदेशमा कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ ।
नयाँ नेतृत्वको लागि पौडेल समूहले भुपेन्द्रजंग शाहीलाई सभापति उठाउने निर्णय गरेको छ । संस्थापन (देउवा) पक्षबाट भने कर्णाली प्रदेश सभापतिमा तीनजना आकांक्षी रहेका छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ ।
कर्णालीका १० जिल्लामध्ये जुम्ला र दैलेखबाहेकका जिल्लामा जिल्ला सभापतिमा संस्थापन पक्ष विजयी भइसकेको छ ।
कर्णाली प्रदेशमा कांग्रेसभित्र संस्थापन पक्ष अघिल्लो महाधिवेशनमाभन्दा बढी बलियो देखिएको छ भने पौडेल पक्ष केही कमजोर । सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्काका कारण पौडेल पक्ष कमजोर देखिएको हो । सुर्खेतमा पौडेल पक्ष कमजोर भए पनि दैलेखमा निकै बलियो रहेको छ ।
कर्णाली प्रदेश प्रतिनिधिमा पौडेल पक्षका कालिकोट, जुम्ला र जाजरकोट बढी रहेका छन् । देउवा पक्षका हुम्ला, डोल्पा र सल्यानमा बढी छन् । प्रदेशमा करिब ८०० प्रतिनीधिहरु छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।