भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्टको सं‌क्रमण पुष्टि

भारतमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई केस फेला परेका छन् । भारत सरकारका अनुसार दुवै केस कर्नाटकका हुन् ।

यी दुई संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण भइरहेको छ । सरकारले ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको तर सचेतना अत्यन्त जरुरी रहेको बताएको छ ।

बिहीबार, स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले भारतमा ओमिक्रोनका दुई संक्रमित भेटिएको पुष्टि गरे ।

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा लभ अग्रवालले हिजो राति कर्नाटकमा ओमिक्रोन भेरियन्टका दुई जनामा ​​भेटिएको बताए । उनले ६६ वर्षीय पुरुष र ४६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको बताए ।

उनले संक्रमितको सम्पर्कमा कति जना आएका छन् भन्ने पत्ता लगाउने प्रयास भइरहेको बताए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १७:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया