राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल

राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन् । 

लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । 

यसैगरी महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने गरी लिङ्देनले नाम टुंग्याएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । 

महाधिवेशन प्रतिनिधिको विवाद नटुंगिएकाले शुक्रबार मनोनयन दर्ता हुने भएको छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १८:६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया