साउदी राजा सलमानद्वारा अदालतको प्रशंसा

एजेन्सी- साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन् । आफ्नो देशका पत्रकार जमाल खसाेग्गीकाे हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरेका हुन् । 

अन्तर्राष्ट्रिय रूपमै खराब घटनाका रूपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाइ दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलोपटक सार्वजनिक वक्तव्य दिएको समाचारमा जनाइएको छ । सरकारी अभियोजनकर्ताले गत हप्ता युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टीकरण दिएका थिए । 

पत्रकार खसाेग्गीकाे गत २ अक्टोबरका दिन स्तानबुलमा रहस्यमय तरिकाले हत्या भएको थियो । हत्या कसले गरेको भन्नेबारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन । कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खसाेग्गीकाे हत्या भएको आरोप लगाइरहेका छन् । 

अभियोजनकर्ताहरूले खसाेग्गीकाे हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई मृत्युदण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दाबी गरेका छन् । देशको उच्च सल्लाहकार निकायको रूपमा रहेको शुरा काउन्सिलको कार्यक्रममा बोल्दै राजा सलमानले न्याय र समानताजस्ता मुस्लिम सिद्धान्तको पक्षमा अदालतले काम गरेकोप्रति आफूहरूलाई गौरव लागेको बताए । सम्बोधनका क्रममा ८२ वर्षीय राजा सलमानले वासिङ्टन पोस्टका नियमित स्तम्भकार खसाेग्गीकाे हत्याका बारेमा भने प्रत्यक्ष रूपमा केही बाेलेनन् ।





  • प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार ९:३२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया