कांग्रेसको स्वास्थ्य समितिले पायो पूर्णता
फरकधार / १६ मंसिर, २०७८

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठित ‘स्वास्थ्य समिति’ लाई आज पूर्णता दिएको छ । 



कांग्रेस केन्द्रीय कार्य समितिको गत कात्तिक २८ गतेको बैठकले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा सो समिति गठन गरेको थियो । 

समितिमा केन्द्रीय सदस्यहरू देवेन्द्रराज कँडेल, मङ्गलप्रसाद थारु, विष्णुविक्रम थापा, डा टि.एन. योगी सदस्य रहेको पार्टी केन्द्रीय कार्यलयका सचिव प्रेम केसीले जानकारी दिए ।
 
यसैगरी समितिको सदस्यमा डा. लोचन कार्की, डा बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा अञ्जनीकुमार झा, डा केदारनरसिंह केसी, डा भूपेन्द्रकुमार बस्नेत, डा सुरेन्द्र देउवा, डा मनबहादुर केसी, डा शिव श्रेष्ठ, डा अनिल कार्की, रामजी घिमिरे, धनप्रसाद पौडेल, जानकी केसी, रामचन्द्र अधिकारी, रमिला चौलागार्इं, रामजी पन्त (मुकेश), पासाङनुर्वु शेर्पा, मसिना खड्का भण्डारी, कृष्णबहादुर तामाङ (समीर), राजीवजङ्ग बस्नेत, रोशनी केसी र डा दीपेन्द्र पराजुली छन् ।



  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १९:३५:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया