ओमिक्रोन भेरियन्टः नौ मुलुकबाट नेपाल आउन रोक

नेपाल सरकारले ९ विभिन्न मुलुकबाट नेपाल आउनेहरुलाई रोक लगाएको छ । दक्षिण अफ्रिका, हङकङसहित ९ मुलुकबाट नेपाल आउने वा यी देशहरुलाई ट्रान्जिट बनाएर नेपाल प्रवेश गर्न खोज्नेमाथि रोक लगाइएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट आउनेहरुलाई पवेश रोक लगाउने निर्णय गरेको हो । 

यी देशबाट नेपाल आउनेहरुलाई शुक्रबार रातिबाट प्रवेशमा रोक लगाउने भइएको छ । त्यसअघि यी देशबाट आउने यात्रुहरुलाई क्वारेन्टिनमा बस्नु पर्ने नियम पनि सरकारले लगाएको छ । 

कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि सरकारले यी देशबाट आउने यात्रुहरुलाई यात्रामा प्रतिबन्ध लगाएको हो ।
 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार २१:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया