बागलुङमा २८ शिक्षक-विद्यार्थीमा काेराेना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द

बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । ८२ जनाकाे पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा काेराेना पुष्टि भएकाे नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । 

दुई शिक्षक र एक विद्यार्थीमा काेराेना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएकाे थियाे ।

विद्यार्थी र शिक्षकमा काेराेना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।  बलेवा क्षेत्रका विद्यालय केही दिन बन्द गरेर एन्टिजेन परीक्षण गर्न नगर शिक्षा शाखालाई अनुराेध गरिएकाे खनालले बताए ।

बलेवा क्षेत्रमा बागलुङ नगरपालिका १२, १३ र १४ नम्बर वडा पर्छन् ।

बिहीबार थप तीन स्थानीय बासिन्दामा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । काेराेना संक्रमण पाइएपछि स्वास्थ्य कार्यालयको टोली आज जान लागेकाे स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित  रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धाैलागिरि अस्पतालकाे आइसोलेसनमा छन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ८:५१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया