जर्मनीमा खाेप नलगाउने व्यक्तिका लागि अत्यावश्यक सेवामा प्रतिबन्ध

जर्मनीले खाेप नलगाउने व्यक्तिका लागि देशव्यापी रूपमा लकडाउन गर्ने घाेषणा गरेकाे छ । साथै, खाेप नलगाएका व्यक्तिलाई अनिवार्य खाेप लगाउन पनि आह्वान गरेकाे छ । 

नयाँ नियमअनुसार खाेप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावश्यक सेवामा प्रतिबन्ध लगाइएकाे छ । काेभिडबाट हालै निकाे भएका व्यक्तिलाई भने तत्कालका लागि याे प्रतिबन्ध लागू नहुने भएकाे छ ।  त्यस्तै, संसदबाट कानुन बनाएर नै खाेपलाई अनिवार्य बनाइने भएकाे छ । 

सरकारकाे घाेषाणासँगै खाेप नलगाएका व्यक्तिले अर्काे घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी काेभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शककाे संख्या  पनि सीमित गरिने छ । 

काेभिडकाे नयाँ भेरियन्ट ‌ओमिक्राेन फैलिएसँगै युराेप फेरि काेभिडकाे नयाँ केन्द्रविन्दु बन्न थालेकाे छ । युराेपका अधिकांश देशहरूले नयाँ भेरियन्ट राेक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् । 

‘हामीलाई थाहा छ कि अवस्था निकै गम्भीर छ । काेभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई आह्वान गर्छु । जर्मनीलाई काेभिडकाे चाैथाे लहरबाट जाेगाउन बेलैमा सावधानी अपनाउनुपर्छ ’, जर्मन चान्सलर एंजेला मर्केलले भनिन् ।

सरकारले आगामी फेब्रुअरीदेखि देशव्यापी अनिवार्य खाेप अभियान सञ्चालन गर्ने भएकाे छ । अन्तिम पटक खाेप लगाएकाे नाै महिनापछि खाेप लगाएका व्यक्तिकाे पहिचान हराउने भएकाेले उनीहरूलाई बुस्टर डाेज आवश्यक भएकाे चान्सलर मर्केलले बताइन् । 



युराेपेली मुलुक अस्ट्रियामा पनि जनवरीदेखि खाेप अनिवार्य गरिएकाे छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाई बुस्टर डाेज अनिवार्य गरिएकाे छ ।
 



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ९:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया