नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट नेता ललितजंग शाही उम्मेदवार हुने भएका छन् ।
उनी संस्थापन पक्षमा पनि महामन्त्री पूर्णबहादुर खड्का निकट मानिन्छन् ।
यसअघि शाही २०७० मा संविधानसभा सदस्य थिए । २०४३ मा जिल्ला पञ्चायतको उपसभापति भएका उनी जुम्लाका हुन् । उनी जुम्लाबाट महाधिवेशन प्रतिनिधि छन् ।
सभापति पदमा संस्थापन पक्षबाट राजीवविक्रम शाही पनि आकांक्षी थिए । देउवा निकट उनी अन्तिम समयमा उम्मेदवारीबाट पछि हटेका हुन् ।
संस्थापनइतर पक्षबाट यसअघि नै भुपेन्द्रजंग शाही उम्मेदवार भएका छन् । उनले केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय सहमहामन्त्री र कर्णाली सभापतिमध्ये एकमा उम्मेदवारी दिने बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।