नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन तहकै निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने बताएका छन् । उनले प्रदेश अधिवेशन जिताउने दायित्व पार्टीका नेता कार्यकर्ताहरूको काँधमा आएको बताए ।
त्यसका लागि पार्टीलाई थप सुदृढ र र बलियो बनाउनेबारे पनि छलफल गर्न प्रदेश-१ को अधिवेशनमा सहभागी नेताकार्यकर्ताहरूलाई निर्देशन दिए ।
ठूलाठूला परिवर्तनको नेतृत्व कांग्रेसले गरेको र कांग्रेसकै नेतृत्वमा समृद्धिको पूर्वाधारहरू खडा भएको पनि दाबी गरे ।
उनले थप भनेका छन्, ‘परिवर्तनको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतको घटनाक्रमले पुष्टि गरेको छ । र, आज हुने प्रदेश महाधिवेशनमा कांग्रेसले थप सशक्त र बलियो लिने विषयमा पनि छलफल गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’
हिजो देशका अन्य पाँच प्रदेशमा प्रधानमन्त्रीसमेत रहेका देउवाले एकसाथ प्रदेश अधिवेशन उद्घाटन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।