कांग्रेस प्रदेश १ को अधिवेशन सुरु

विवादका कारण स्थागित भएको नेपाली कांग्रेस प्रदेश १ को प्रदेश अधिवेशन सुरु भएको छ ।

केन्द्रीय नेताहरूको उपस्थितिमा अधिवेशन सुरु भएको हो । बिहीबार नै उद्घाटन हुने भनिएको कार्यक्रम नेताहरूको बीचमा आन्तरिक कुरा नमिल्दा स्थगित भएको थियो।

उद्घाटन शेखर कोइरालाले गर्ने कि शेरबहादुर देउवाले गर्ने भन्ने विषयमा विवाद भएको थियो ।  विवादपछि अधिवेशन आज बिहान १० बजेदेखि सुरु भएकाे हाे । 

पार्टी सभापति शेरबहादुर देउवाले सभालाई भर्चुअल माध्यमबाट सम्बोधन गरे । उनले वडा अधिवेशन, जिल्लाको नेतृत्व चयनपछि प्रदेश नेतृत्व चयनको क्रममा आइपुगेकाले  अधिवेशन सम्पन्न गर्न पार्टी नेता कार्यकर्ताले खेलेको भूमिकाको पनि प्रशंसा गरे । 

प्रदेश १ को अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय प्रतिनिधिको रूपमा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अधिवेशन प्रतिनिधिको रूपमा जिम्मेवारी दिएर पठाएकोले उनको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ११:२५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया