कांग्रेस महाधिवेशन : प्रदेश-२ मा निर्वाचन अधिकृतले पाएनन् मतदाताको नामावली

नेपाली कांग्रेस प्रदेश-२ को अधिवेशनमा मनोनयन दर्ता भोलि मात्रै हुने भएको छ । मतदाताहरूको नामावली नआएकाले आज मनोनयन दर्ता गराउन नसकिएको निर्वाचन समिति संयोजक प्रल्हाद गौतमले बताएका छन् । 

केन्द्रीय निर्वाचन समितिले आज अपराह्न ४ बजेतिर मतदाताहरूको नामावली पठाउने जानकारी पाएको गौतमले बताए । 

निर्वाचन तालिकाअनुसार प्रदेश अधिवेशनमा मनोनयन दर्ताको समय आज हो । दाबी विरोधदेखि मनोनयन फिर्तालगायत काम आजै हुने कार्यतालिकामा उल्लेख छ । मतदान भने भोलि हुने भनिएको छ ।

तर, मनोनयन दर्ता गर्ने दिनसम्ममा पनि मतदाताहरूको नामावली नपाएपछि निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १२:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया