कांग्रेस महाधिवेशन : बागमतीमा त्रिपक्षीय भिडन्त, देउवा र पौडेल पक्षका शीर्ष नेता हेटौँडामा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशको उमेदवारको मनोनयन दर्ता आज हुँदैछ । मतदान भने शनिबार हुनेछ । 

कांग्रेसको संघीय नेतृत्वमा प्रत्यक्ष प्रभाव पार्ने भएको बागमती प्रदेश कांग्रेसको चुनाव पेचिलो बन्दै गएको छ ।   

अहिले हेटौँडामा संस्थापन पक्षका उम्मेदवार जिताउनको लागि कांग्रेसका सह-महामन्त्री प्रकाशशरण महत, विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) सहितका नेताहरूले इन्द्र बानियाँ प्यानल पक्षमा माहोल सिर्जना गर्न खोजिरहेका छन् । 

यस्तै, संस्थापनइतर रहेका रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंह, रामशरण महत, गगन थापाले जगदिनसिंह केसीको पक्षमा मत मागिरहेका छन् । कृष्णप्रसाद सिटौला पक्षका उम्मेद्वार भीमसेनदास प्रधानले भने प्यानल घोषणा गरिसकेका छैनन् ।

प्रधानलाई बानियाँ र केसी दुवैले आफ्नो टिमलाई सहयोग गर्ने पत्रकार सम्मेलनमार्फत दाबी गरिरहेका छन् । 

कस्तो छ संस्थापनइतर केसीको टोली? 



सभापतिमा जगदीश नरसिंह केसीले आफ्नो टिमको घोषण गरेका छन् । बिहीबार साँझ हेटौँडा आएर उनले प्रदेश  निर्वाचनमा आफ्नो टिमको पदाधिकारीका उम्मेदवारको प्यानलको घोषणा गरेका हुन् । 

सिंह नेतृत्व टिमको उपसभापतिमा मोहन बस्नेत, राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल, कञ्चन चन्द्र बादे रहेका छन् । उक्त टिमको सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरेको टुंगो लागेको छ ।  



टिम घोषणा कार्यक्रममा केसीले आफ्नो टिमलाई प्रकाशमान, रामशरण, गगनलगायतले केन्द्रीय नेताहरूले साथ दिइरहेको बताएका छन् ।

बानियाँको प्यानल घोषणा  

बागमती प्रदेशको अधिवेशनमा देउवा समूहबाट इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानल घोषणा भएको छ । पत्रकार सम्मेलनमार्फत सहमहामन्त्री प्रकाशशरण महतले प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति बानियाँको नेतृत्वको समूहको उम्मेदवारी घोषणा गरेका हुन् ।

बागमती प्रदेशमा पदाधिकारी बाहेक अन्य ८३ जना सदस्य पदमा चुनाव हुँदैछ । मनोनितसहित बागमती प्रदेश समिति कुल ९१ सदस्यीय हुनेछ । 

प्रदेशमा कुल २१३७ जना मतदाता रहेका छन् ।  

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशको उमेदवारको मनोनयन दर्ता आज हुँदैछ । मतदान भने शनिबार हुनेछ । 

कांग्रेसको संघीय नेतृत्वमा प्रत्यक्ष प्रभाव पार्ने भएको बागमती प्रदेश कांग्रेसको चुनाव पेचिलो बन्दै गएको छ ।   

अहिले हेटौँडामा संस्थापन पक्षका उम्मेद्वार जिताउनको लागि कांग्रेसका सह(महामन्त्री प्रकाशशरण महत, विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठ, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) सहितका नेताहरूले ईन्द्र बानियाँ प्यानल पक्षमा माहोल सिर्जना गर्न खोजिरहेका छन् । 

यस्तै, संस्थापनइतर रहेका रामचन्द्र पौडेल पक्षका नेता प्रकाशमान सिंह, रामशरण महत, गगन थापाले जगदिनसिंह केसीको पक्षमा मत मागिरहेका छन् । कृष्णप्रसाद सिटौला पक्षका उम्मेद्वार भीमसेनदास प्रधानले भने प्यानल घोषणा गरिसकेका छैनन् ।

प्रधानलाई बानियाँ र केसी दुवैले आफ्नो टिमलाई सहयोग गर्ने पत्रकार सम्मेलनमार्फत दाबी गरिरहेका छन् । 

कस्तो छ संस्थापनइतर केसीको टोली? 

सभापतिमा जगदिश नरसिंह केसीले आफ्नो टिमको घोषण गरेका छन् । बिहीबार साँझ हेटौँडा आएर उनले प्रदेश  निर्वाचनमा आफ्नो टिमको पदाधिकारीका उम्मेदवारको प्यानलको घोषणा गरेका हुन् । 

सिंह नेतृत्व टिमको उपसभापतिमा मोहन बस्नेत, राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा माइकल रामचन्द्र अर्याल, कञ्चन चन्द्र बादे रहेका छन् । उक्त टिमको सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरेको टुंगो लागेको छ ।  

टिम घोषणा कार्यक्रममा केसीले आफ्नो टिमलाई प्रकाशमान, रामशरण, गगनलगायतले केन्द्रीय नेताहरूले साथ दिइरहेको बताएका छन् ।

बानियाँको प्यानल घोषणा  

बागमती प्रदेशको अधिवेशनमा देउवा समूहबाट इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्यानल घोषणा भएको छ । पत्रकार सम्मेलनमार्फत सहमहामन्त्री प्रकाशशरण महतले प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति बानियाँको नेतृत्वको समूहको उम्मेदवारी घोषणा गरेका हुन् । 

बानियाँ नेतृत्वको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ( काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ (नुवाकोट) र निरु खड्का (ललितपुर) उम्मेदवार रहनेछन् ।

उम्मेदवारी घोषणा सभामा बोल्दै प्रदेश सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले बागमती प्रदेशलाई समृद्ध बनाउनको लागि र आम प्रदेशबासीले आफ्नो नजिकको पार्टी कांग्रेस हो भन्ने अनुभूति दिलाउनको लागि आफूहरुले उम्मेदवारी घोषणा गरिएको बताए ।   

बागमती प्रदेशमा पदाधिकारी बाहेक अन्य ८३ जना सदस्य पदमा चुनाव हुँदैछ । मनोनितसहित बागमती प्रदेश समिति कुल ९१ सदस्यीय हुनेछ । 

प्रदेशमा कुल २१३७ जना मतदाता रहेका छन् ।  

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १३:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया