थप २४६ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु शून्य

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ७ हजार ८३६ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

नेपालमा आज ३४६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ लाख ३ हजार ७१६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । अहिलेसम्म ११ हजार ५३५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ ।

आज देशभर ६ हजार ९२१ सक्रिय संक्रमित रहेका छन् । उनीहरूको होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १६:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया