एमाले महाधिवेशनः केन्द्रीय सदस्यमा कसरी बने देवी ज्ञवाली नम्बर वान ?

नेकपा एमालेको दसौं महाधिवेशन सकिएको धेरै दिन भएको छैन । चितवनको नारायणी नदीबाट सुरु भएको एमालेको यो महाधिवेशनको परकम्प अहिले काठमाडौंमा देखिन थालेको छ । केही दिनमा नै एमालेको दसौं महाविधेशनबाट निर्वाचित केन्द्रीय कमिटीको काठमाडौंमा बैठक बस्दै छ । महाधिवेशनपछि बस्ने यो दोस्रो केन्द्रीय कमिटी बैठकअघि काठमाडौंमा चर्चा चल्न थालेको छ– महाधिवेशनमा देवी ज्ञवालीले कसरी ल्याए सबैभन्दा पपुलर भोट ?

ज्ञवालीले यो महाधिवेशनमा केन्द्रीय सदस्यमा १८७७ मत पाएका थिए । 

उनले सर्वाधिक मत ल्याउनुको कारणबारे चर्चा गरौँ । 

सबैभन्दा पहिले देवी ज्ञवाली चर्चाको शिखरमा आएका हुन्, भरतपुर महानगरपालिकाको मेयर पदको चुनाव ताका । त्यति बेला उनको प्रतिस्पर्धी थिइन्, रेणु दाहाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु र ज्ञवालीबीच निकै चर्को प्रतिस्पर्धा थियो, भरतपुर महानगरपालिकाको निर्वाचनमा ।

अन्तिम नतिजामा ज्ञवाली पराजित त भए, तर यो विषयले राष्ट्रिय राजनीतिलाई अहिले पनि तरंगित पारिरहेको हुन्छ । यही एउटा कारण उनी एमालेको राजनीतिको चर्चाको शिखरमा रहिरहेका छन् ।

उनले एमाले महाधिवेशनमा सर्वाधिक पपुलर मत ल्याउनुको एउटा कारण यो पनि हो ।



अर्को ज्ञवालीले पछिल्लो समय बनाएको देशव्यापी च्यानल हो । उनी भूमि समस्या समाधान आयोगको अध्यक्षमा चुनिए पछि उनले देशव्यापी आफ्नो सन्जाल बनाएका थिए । भूमि समस्या समाधान आयोगमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियुक्त गरेका थिए । त्यसपछि ७७ जिल्लामा नै बनेका भूमि समस्या समाधान आयोगमा ज्ञवालीले एमालेनिकटहरुलाई नै पद दिएका थिए । यही कारण पनि उनले यसपटक महाधिवेशन प्रतिनिधिहरुलाई छिटो आफ्नो प्रभावमा पार्न सके ।

पछिल्लो समय उनी भूमि समस्या समाधान आयोगबाट बर्खास्त हुँदा पनि चर्चाको शिखरमा पुगे । सर्वोच्च अदालतको आदेशपछि बनेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले भूमि समस्या समाधान आयोगको खारेजी गर्दा एमाले नेताहरुले यसको विरोध गरेका थिए । त्यसको चर्चामा पनि ज्ञवालीको नाम जोडिनु यसपटक उनलाई थप फाइदा पुग्नु हो ।



यसपटक चितवनमा महाधिवेशन आयोजना हुनुले पनि ज्ञवालीलाई धेरै साथ पुग्यो । चितवनकै हुनु र यसको व्यवस्थापनमा उनको पनि भूमिका हुनुले उनलाई पपुलर मत आएको हुनसक्ने अनुमान गर्नेहरु छन् ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १७:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया