कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर र मिश्रको उम्मेदवारी

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहिच चुनावी मैदानमा होमिने भएको छ ।

सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बन्ने भएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले उम्मेदवारी दिएका छन् । प्रदेशमा सर्वसम्मतिको प्रयास भए पनि सहमति हुन नसकेपछि दुई पक्षको उम्मेदवारी परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका विशेष पात्र मानिएका रमेश लेखक, एनपी साउद र पौडेल खेमाका नेता दिलेन्द्रप्रसाद बडुबीच बिहीबारदेखि विभिन्न चरणमा छलफल भएको थियो । सभापतिमा बलायरलाई बनाउने प्रयास भएपछि मनोनयन कार्यतालिका समेत सारिएको थियो । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म मनोनयन दर्ता कार्यतालिका थियो । सर्वसम्मत रूपमा बनाउन छलफल जारी रहेकाले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको थियो ।

नेताहरू सबैको जोड सभापति लड्नुपर्छ भन्ने भएपछि आफू सभापतिको उम्मेदवार बनेको बलायरले बताए । ‘कांग्रेसको नाममा कम्युनिस्टमा भोट हाल्ने प्रवृत्ति अन्त्य गर्न र सुदूरपश्चिममा कांग्रेसको संगठनलाई सशक्त बनाउन मेरो उम्मेदवारी हो,’ बलायरले भने ।

संस्थापन पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गरेका थिए ।

यस्तै संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको छ ।



देउवा पक्षबाट प्रदेश उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह ‘मनु’ र मेघराज खड्का तथा सहमहामन्त्रीमा गोपाल भट्ट र अम्बिका चलाउने उम्मेदवार बन्नेका छन् ।



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १७:३५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया