अजयीको ह्याट्रिकमा सातदोबाटोको सानदार जित

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलमा सातदोबाटो युथ क्लबले एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराएको छ ।

लिगकै पहिलै ह्याट्रिक गरेर सातदोबाटोका मार्टिन्स अजयीले रेकर्ड कायम गरेका छन् । उनले ३८औँ मिनेटमा पहिलो, ४२ औँ मिनेटमा दोस्रो र ५८ औँ तेस्रो गोल गरे । त्यस्तै, सातदोबाटोका लागि ५० औँ मिनेटमा सुशील राईले गोल गरे ।

खेलको पहिलो हाफमा सातदोबाटोले २ गोलले अग्रता लिएको थियो । उसले दोस्रो हापमा थप २ गोल थप्दै जित सुनिश्चित गरेको हो ।

एपीएफका लागि भने आभास लामिछानेको प्रहारलाई बिक्की तामाङले हेडरमार्फत गोलमा परिणत गरेका थिए ।

यो जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिँदा एपिएफ विनाअंक पुच्छरमा छ । सातदोबाटोले पहिलो चरणमा फ्रेन्ड्स क्लबविरुद्ध गोलरहित बराबरी खेलेको थियो । दोस्रो चरणमा थ्रीस्टारलाई १-० ले हराएको थियो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १८:५६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया