बागमती कांग्रेस सभापतिमा त्रिपक्षीय भिडन्त, ९१ पदका लागि २५७ जनाको उम्मेदवारी

बागमती प्रदेश नेपाली कांग्रेसको अधिवेशनको लागि २५७ जनाको उम्मेदवारी परेको छ । प्रदेशमा हुने ९१ सदस्यीय कार्यसमितिको लागि २५७ जनाको उम्मदवारी परेको नेपाली कांग्रेस बागमती प्रदेश निर्वाचन समितिका संयोजक रामकुमार अधिकारीले जानकारी दिए । 

प्रदेश अधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । जसमध्ये ८ जना पदाधिकारी, ४८ जना खुल्लातर्फ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् । 

सभापतिमा संस्थापनबाट इन्द्र बानियाँ, संस्थापन इतर रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका जगदिशनरिसंह केसी, कृष्ण सिटौला प्यानलबाट भिमसेनदास प्रधानले सभापतिको लागि उम्मेदवारी दिएका हुन् । 

यस्तै, संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिएका छन् । संस्थापन इतर समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल 'माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोल उम्मेदवार दिएका छन् ।

प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन् । सदस्यतर्फ खुल्लामा ८५ जना, समावेशीतर्फ १४८ जनाको उम्मेदवारी परेको छ ।

बागमती प्रदेश निर्वाचन समितिका सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीका अनुसार बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ । अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन् । संघीय संरचना अनुसार कांग्रेसले पहिलो पटक नेतृत्व चयन गर्न लागेको हो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १९:२७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया