एमबीबीएसका विद्यार्थीलाई सम्बन्धित कलेजमै अध्ययनका लागि सरकारले पहल गर्ने

सरकारले कोरोना महामारीका कारण अध्ययन बीचमै छोडेर नेपाल फर्केका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयमा नै पठनपाठनलाई निरन्तरता दिनका लागि पहल गर्ने भएको छ ।

शिक्षा मन्त्रालयमा आज बसेको बैठकले कोरोना महामारी कारण अध्ययनका लागि जान नपाएका विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउन सम्बन्धित देशसँग कूटनीतिक पहल गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले जानकारी दिए ।

आज शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको अध्ययन सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई निरन्तरता दिनका लागि पहल गर्ने निर्णय गरेको हो ।

छलफलमा अध्ययन पूरा गर्न नपाएको भन्ने विद्यार्थीको गुनासोबारे सुझाव पेस गर्न गठित कार्यदलको प्रतिवेदनमाथि समेत छलफल भएको थियो ।

छलफलमा शिक्षामन्त्रीसहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा निर्देशक, त्रिभुवन विश्‍वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, स्वास्थ्य र शिक्षा मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार २०:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया