के अहिलेको भ्याक्सिनले ओमिक्रोन भेरियन्टविरुद्ध पनि काम गर्ला ?

विश्वभर कोरोनाभाइरसको कहरका कारण जुन समस्या देखिएको छ, त्यसमा पछिल्लो समय आएको ओमिक्रोन भेरियन्टले थप समस्या सिर्जना गरेको छ ।

यो भेरियन्ट तीव्र गतिमा फैलिएकाले पनि यसको विषयमा चिन्ताहरु बढेका छन् । तर, अहिलेसम्म यसबारे विस्तृत अध्ययन भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्टबारे अध्ययन गर्न केही समय लाग्ने बताएको छ ।

यो भेरियन्ट अब विश्वका विभिन्न देशमा देखिइसकेको छ । तर, भेरियन्ट देखिएका देशहरुमा अहिलेसम्म यही भेरियन्टका कारण गम्भीर बिरामी भएका समाचारहरु आएका छैनन् ।
भारतमा पनि ओमिक्रोन भेरियन्टको कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएपछि भारतीय सरकारको स्वास्थ्य मन्त्रालयले विभिन्न विषयको जानकारी दिएको छ । तीमध्ये एक हो, अहिलेको भ्याक्सिनले ओमिक्रोनविरुद्ध काम गर्छ कि गर्दैन ?

भारतीय सरकारले दिएको जानकारीअनुसार अहिलेसम्म बनेका कोभिड १९ विरुद्धका भ्याक्सिनले ओमिक्रोनविरुद्ध काम नगर्ने भन्ने कुनै प्रमाण भेटिएको छैन । त्यसैले भारत सरकारले सकेसम्म धेरैले भ्याक्सिन लगाउनु पर्ने पनि बताएको छ ।

जिनोम सिक्वेन्सबाट मात्र ओमिक्रोन भेरियन्टको पत्ता लाग्ने भएकाले अहिले भारतमा नै कोरोना संक्रमण भएको पत्ता लगाउन सकिए पनि ओमिक्रोन भेरियन्टबारे पत्ता लगाउन नसकिने पनि भारत सरकारले जनाएको छ ।



भारतको बेंगलुरु र तमिलनाडुमा कोरोनाको यो नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् । यी संक्रमित भेटिएसँगै त्यहाँका राज्य सरकारले यसको रोकथाममा थप सक्रियता देखाउन थालेका छन् ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ६:३९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया