कांग्रेस महाधिवेशन : प्रदेश २ मा अझै पुगेन मतदाता नामावली, मनोनयन दर्ता आज पनि नहुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश २ मा आज (शनिबार) हुने भनिएको मनोनयन दर्ता नहुने भएको छ । 

प्रदेश निर्वाचनमा सहभागी हुने सबै मतदाता (प्रतिनिधि)को नामावली सार्वजनिक नहुँदा अधिवेशनको प्रारम्भिक चरणको काम भनिएको मनोनयन दर्ता नहुने भएको हो ।

प्रदेश निर्वाचन समिति संयोजक प्रल्हद गौतमले शुक्रबार समितिलाई चार जिल्लाको पनि आंशिक प्रतिनिधिहरूको मात्रै नामावली प्राप्त भएको बताएका छन् ।

उनले सबै प्रतिनिधिको नामावली नआइकन मनोनयन दर्ताको काम अघि बढाउन नसकिने बताए।

 उनले भने, ‘पहिले त सबै मतदाता (प्रतिनिधि)को नाम आउनुपर्‍याे । आएकै छैन । हिजो आएको पनि चार जिल्लाको आंशिक मात्रै आयो । बाँकीको छँदैछ । यस्तो अवस्थामा मैले मनोनयनको काम अघि बढाउन त सक्दिनँ । केन्द्रीय निर्वाचन समितिले आजसम्ममा पठाउने भनेको छ । साँझसम्म आउलान् कि ?’

सर्लाहीमा १० वडा र प्रदेश क्षेत्रीय अधिवेशन हुन ढिलाइ हुँदा प्रतिनिधिको नामावली सार्वजनिक गर्न केन्द्रीय निर्वाचन समितिलाई समस्या परेको छ । 



समिति सचिव जगन्नाथ श्रेष्ठले सकेसम्म छिटो नामावली पठाउने गरी काम भइरहेको बताए ।

देशका अन्य ६ प्रदेशमा भने मनोनयन दर्ता शुक्रबार नै भएको छ । आज मतदान हुने कार्यतालिका छ । केही प्रदेशमा भने मतदान सुरु भइसकेको छ ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ९:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया